अर्थमन्त्री भन्छन्‌ – ‘कार्यसूची बदलियो, समाजवादको दिशामा तीव्र वेग हान्न आवश्यक’ « Khabarhub

बजेट २०८२/८३

अर्थमन्त्री भन्छन्‌ – ‘कार्यसूची बदलियो, समाजवादको दिशामा तीव्र वेग हान्न आवश्यक’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली राजनीतिको कार्यसूची बदलिएको दाबी गर्दै समाजवादको दिशामा तीव्र बेगका साथ अघि बढ्न आवश्यक रहेको बताएका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री पौडेलले परिवर्तित कार्यसूचीले आफूहरूलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अनुरुप विकास, समृद्धि, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादको दिशामा तीव्र बेगका साथ अघि बढ्न निर्देशित गरिरहेको बताएका हुन्‌ ।

‘तर, पछिल्ला वर्षहरूमा देशको राजनीतिक परिस्थित अनपेक्षित रूपमा अस्थिर बन्न पुग्यो । जसले गर्दा सेवाप्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सृजना हुनुका साथै राष्ट्रको आवश्यकता तथा जनताको अपेक्षा सम्बोधन गर्न कठिन भएको तीतो अनुभव हामीसँग छ’, अर्थमन्त्री पौडेलले भनेका छन्‌ ।

उपयुक्त नीति र राजनीतिका साथ अघि बढ्न सक्दा देशलाई विकास, समृद्धि र सामाजिक न्यायको मार्गमा अघि बढाउन सकिन्छ भन्ने अनुभवले बताएको अर्थमन्त्रीले बताए ।

उनले अगाडि भने, ‘संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलोपटक तीन वर्षको औषत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको तथ्य पनि हामीसँग छ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : २४ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा