अर्थमन्त्री भन्छन्‌ – ‘कार्यसूची बदलियो, समाजवादको दिशामा तीव्र वेग हान्न आवश्यक’ « Khabarhub

बजेट २०८२/८३

अर्थमन्त्री भन्छन्‌ – ‘कार्यसूची बदलियो, समाजवादको दिशामा तीव्र वेग हान्न आवश्यक’


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली राजनीतिको कार्यसूची बदलिएको दाबी गर्दै समाजवादको दिशामा तीव्र बेगका साथ अघि बढ्न आवश्यक रहेको बताएका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री पौडेलले परिवर्तित कार्यसूचीले आफूहरूलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा अनुरुप विकास, समृद्धि, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा आधारित समाजवादको दिशामा तीव्र बेगका साथ अघि बढ्न निर्देशित गरिरहेको बताएका हुन्‌ ।

‘तर, पछिल्ला वर्षहरूमा देशको राजनीतिक परिस्थित अनपेक्षित रूपमा अस्थिर बन्न पुग्यो । जसले गर्दा सेवाप्रवाह, सुशासन र विकासको गतिमा प्रतिकूलता सृजना हुनुका साथै राष्ट्रको आवश्यकता तथा जनताको अपेक्षा सम्बोधन गर्न कठिन भएको तीतो अनुभव हामीसँग छ’, अर्थमन्त्री पौडेलले भनेका छन्‌ ।

उपयुक्त नीति र राजनीतिका साथ अघि बढ्न सक्दा देशलाई विकास, समृद्धि र सामाजिक न्यायको मार्गमा अघि बढाउन सकिन्छ भन्ने अनुभवले बताएको अर्थमन्त्रीले बताए ।

उनले अगाडि भने, ‘संविधान सभाबाट नेपालको संविधान जारी भएपछि इतिहासमा पहिलोपटक तीन वर्षको औषत आर्थिक वृद्धिदर ७.७ प्रतिशत हासिल भएको तथ्य पनि हामीसँग छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : २४ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं