यस्ता छन्‌ आगामी बजेटका ५ उद्देश्य र ७ प्राथमिकता « Khabarhub

बजेट २०८२/८३

यस्ता छन्‌ आगामी बजेटका ५ उद्देश्य र ७ प्राथमिकता


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्‌को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका ५ उद्देश्य र सात प्राथमिकता सुनाएका छन्‌ ।

आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२/८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका ५ उद्देश्य उल्लेख गरे ।

आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम्‌ फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने, सामाजिक संरक्षण एवम्‌ विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने उद्देश्य राखिएको अर्थमन्त्री पौडेलले बताए ।

यसैगरी उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार आगामी बजेटको प्राथमिकता रहेको उनले सुनाए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले