बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम सार्वजनिक | Khabarhub Khabarhub

बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम सार्वजनिक


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्  ।

उनले बागमती प्रदेश सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै ‘एकीकृत बस्ती, समृद्ध सहरको नीति’अन्तर्गत दिगो आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार निर्माण गर्ने, सार्वजनिक तथा निजी लगानीलाई प्रवर्द्धन गर्ने र एकीकृत बस्ती विकासलाई गुरुयोजना तर्जुमा गरी प्रदेशभित्र कार्यान्वयन गर्दै लैजाने बताए ।

प्रदेश प्रमुख देवकोटाले ‘किसानको हात सरकारको साथ’ भन्ने अभियानलाई साना, अर्धव्यवसायी, निर्वाहमुखी, विपन्न, सीमान्तकृत सेवाबाट वञ्चित भएका किसानको जीविकोपार्जन र सुधारसँग जोड्ने कार्यक्रम सञ्चालन गर्नेतर्फ नीति कार्यक्रमले जोड दिएको जानकारी दिए । 

प्रदेश प्रमुख देवकोटाले रासायनिक मल, औषधि, विषादी, फलफूल र बीउ बिजन तथा मासु, दूध र दानालगायत वस्तुमा गुणस्तरीय मापदण्डलाई सुनिश्चित गर्न प्रभावकारी नियमन गरिने उल्लेख गरे । साथै दुर्गम क्षेत्रका विशेषज्ञ चिकित्सकको उपलब्धता सुनिश्चित गर्न विशेष प्रोत्साहन योजना कार्यान्वयनमा ल्याइनेछ । 

त्यसैगरी प्रदेशभित्र रहेका आयुर्वेद औषधि उत्पादन केन्द्रबाट २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरी वितरण गरिने सरकारको लक्ष्य रहेको प्रदेश प्रमुख देवकोटाले जानकारी दिए । प्रदेशभित्र आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयबाट विशेषज्ञ आयुर्वेदिक सेवा विस्तार गर्ने र स्वास्थ्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ । 

जनस्वास्थ्य विपद् पूर्व तयारी तथा प्राकृतिक विपद् न्यूनीकरण कार्यलाई सुदृढीकरण गर्दै लैजाने लक्ष्यका साथ जिल्ला जिल्लामा आवश्यकताअनुरूप स्वास्थ्य शिविर सञ्चालन गर्ने दृढता सरकारले व्यक्त गरेको छ । नीति तथा कार्यक्रममा लोपोन्मुख र अतिसीमान्तकृत समुदायका बालबालिकाको पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितका लागि सामुदायिक विद्यालयमा आवासीय कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने उल्लेख छ ।

खेलकुदको पूर्वाधार विकासलाई र प्रशिक्षणको व्यवस्था गरी व्यावसायिक, प्रतिभावान्, व्यावसायिक तथा अन्तर्राष्ट्रिय पद हासिल गरेका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने नीति लिइएको प्रदेश प्रमुख देवकोटाले बताए । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारको सहलगानीमा निर्माण गरी प्रतिफल बाँडफाँडको व्यवस्था गरिनेछ भनी औँल्याइएको छ ।

मकवानपुरको हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधारका कार्यलाई निरन्तरता दिइनेछ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई स्थानीय तहसम्मको सहकार्यमा समुदाय स्तरसम्म विस्तार गरिनेछ र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी आमाको निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइनेछ । प्रदेशस्थित सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदन भण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक तथा बजार क्षेत्रका रूपमा विकास तथा प्रवर्द्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश प्रमुख देवकोटालाई सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रमको प्रति हस्तान्तरण गरे । सरकारद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम ११६ बुँदामा विभिन्न शीर्षक समावेश गरी सार्वजनिक गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५३ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती