कृषि तथा पशुपन्छी क्षेत्रलाई ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट « Khabarhub

कृषि तथा पशुपन्छी क्षेत्रलाई ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

जसमा रासायनिक मल खरिदमा अनुदान, प्रांगारिक मलमा किसानलाई प्रोत्साहन देखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम सम्मका योजनाहरू रहेका छन्  ।  

कृषि, पशुपन्छी र मत्स्य बीमा कार्यक्रम, चैते धान प्रवर्द्धन कार्यक्रम, साना सिचाई मार्फत सिँचित क्षेत्र विस्तार कार्यक्रम, मध्यपहाडी लगायत प्रमुख राजमार्ग र रोड कोरिडोर लक्षित राष्ट्रिय फल सुन्तला, व्यावसायिक फलफूल, तरकारी र भेडा-बाख्रा र गाई-भैँसी प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिइएको छ  । 

त्यस्तै उच्च पहाड लक्षित सुन्तला, स्याउ, ओखर, याक,चौँरी प्रवर्द्धन, हिउँदे मकै-मध्य पहाडी मकै उत्पादन र मकै बीउ उत्पादन कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, स्थानीय तथा रैथाने बाली-बीउको जात दर्ता सहजीकरण कार्यक्रम, कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैक सुदृढीकरण कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जोन-सुपरजोन क्षेत्रमा क्षेत्रफल विस्तार र उत्पादन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 

त्यसैगरि प्राङ्गारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान सञ्चालन गर्ने, कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, मासु निर्यातका लागि पाडा-पाडीपालन र भैंसी-राँगा उत्पादन प्रवर्द्धन कार्यक्रम, महामारीजन्य पशु रोग र खोरेत रोग नियन्त्रण कार्यक्रम र पशुनश्ल सुधारलाई बजेटले प्राथमिकता दिएको छ  ।

किसान सूचीकरण कार्यक्रम, स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि एक गाउँ एक प्राविधिक कार्यक्रम, विषादी चेकजाँचको दायरा विस्तार र विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम, बुटवलस्थित सेमलारमा क्षेत्रीयस्तरको आधुनिक कृषि बजार निर्माण, संघीय कृषि बजारहरूको स्तरोन्नति र स्थानीय तहहरूमा कृषि उपज हाटबजार, सङ्कलन केन्द्र ,कोल्ड चेम्बर तथा प्रशोधन संरचना निर्माण, बालीको न्यूनतम समर्थन मूल्य निर्धारण र कार्यान्वयन, बीउ विजन उत्पादन, आपूर्ति तथा वितरण व्यवस्थापन कार्यक्रम, निर्यात जन्य बाली वस्तुहरू जस्तै: चिया, कफी, अलैँची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरण गर्ने, कृषि,पशुपन्छी र खाद्य प्रयोगशालाको स्तरोन्नति गर्ने, बाँझो जमिन सदुपयोग गर्ने जस्ता कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ५७ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी