यस्तो देखियो राजा माग्दै रत्नपार्कमा गरिएको सभा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो राजा माग्दै रत्नपार्कमा गरिएको सभा (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन गरेका हुन् । चैत १५ गते तीनकुनेमा भएको ठूलो हिंसात्मक घटनापछि पहिलो पटक राजावादीहरू एकठाउँ जुटेर आन्दोलन गरेका हुन् ।

त्यसका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । कार्यक्रमअनुसार मैतिदेवीबाट- राजेन्द्र लिङ्देन, सिफलबाट कमल थापा, पशुपतिशमशेर राणा, नारायणचौरबाट नवराज सुवेदी, नयाँबजारबाट डा. प्रकाशचन्द्र लोहनी, त्रिपुरेश्वरबाट केशरबहादुर विष्ट लगायत नेताहरूको नेतृत्वमा जुलुस लिएर पुगे ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १३ बजे

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको