शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब « Khabarhub

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् शिक्षा क्षेत्रको लागि खर्च गर्नेगरी सो रकम विनियोजन गरेको हो ।

सरकारले विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटमा घोषणा गरेको छ । १० अर्ब १९ करोड विद्यार्थी खाजाका लागि विनियोजन गरिएको समेत उनले बताए । साथै अन्य मुसहर, दलित विद्यार्थी लगायत विभिन्न शिर्षकमा सञ्चालनमा रहेका छात्रवृत्ति पनि यथावत रहने बताए ।

साथै, विश्वविद्यालयलाई आवश्यकताको आधारमा अनुदान उपलब्ध गराउने र नियम पालना नगर्ने विश्वविद्यालयको अनुदान कटौती गर्ने समेत उनले बताए ।

मेडिकल शिक्षामा उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई गरिब र पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइने मन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले