मेट्रोरेल, मोनोरेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने « Khabarhub

मेट्रोरेल, मोनोरेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै नेपालमा मोनो रेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

मन्त्री पौडेलले सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिने, मेट्रोरेल, मोनोरेलको सम्भाव्यता अध्ययन गरिने बताए ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले पोड–वेको सम्भाव्यता अध्ययनका लागि प्रोत्साहन गरिने बताए ।

उनले आबुखैरेनी– पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ४२ करोड विनियोजन गरिएको बताए । यस्तै ताल्चा– रारा सडक कालोपत्रे गरिने, गल्छी– रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन गरिएको बताए । यसैगरी नागढुंगा र सिद्धबाबा सुरुङका लागि २ अर्ब ६० करोड विनियोजन गरिएको बताए ।

मन्त्री पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने र पूष्पलाल मध्यपहाडी राजमार्गको रेखांकन परिमार्जन गरिने बताए ।
उनले आव २०८३–८४ मा द्रुतमार्ग सम्पन्न गरिने बताए । मन्त्री पौडेलले भौतिक पूर्वाधाार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ४९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख