‘रेलमार्ग’बाट पछि हट्यो ओली सरकार, काँकडभिट्टा–इनरुवा खण्डको जग्गा फुकुवा « Khabarhub

‘रेलमार्ग’बाट पछि हट्यो ओली सरकार, काँकडभिट्टा–इनरुवा खण्डको जग्गा फुकुवा


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेलमार्ग बनाउने भन्दै सरकारले केही वर्षयता रोक्का राखेको इनरुवा–काँकडभिट्टा क्षेत्रको जग्गा फुकुवा गर्न दिने निर्णय गरेको छ ।

यसअघि केपी ओली नै प्रधानमन्त्री भएका बेला रेल निर्माणको ठेक्का लगाउने भन्दै झापा, मोरङ र सुनसरीका विभिन्न पालिकाको जग्गा विक्रीमा रोक लगाइएको थियो । जग्गा रोक्का हुँदा स्थानीय आफ्नो घरजग्गा विक्रीबट्टा गर्न नपाएको गुनासो गर्दै आएका थिए ।

अर्थमन्त्री विष्णु पौडेलले विहीबार बजेट भाषण गर्दै उक्त क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले जग्गा फुकुवा गरेसँगै स्थानीयबासीले राहत पाउने भएका छन् । तर, यत्तिका वर्षसम्म जग्गा रोक्का राखेर पुनः फुकुवा गरिनुले सरकारको विकाससम्बन्धी नीतिको अपरिपक्वता झल्किएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ५ वर्षभित्र इनरुवा–काकडभिट्टा खण्डको काम सक्ने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म जग्गाको नापजाँच र मुआब्जा नै टुङ्गो लागेन । बरु सरकार एक कदम पछि हट्दै जग्गाको रोक्का फकुवा गर्ने निर्णयमा पुग्यो ।

यो पनि

रेलको सपना खेतमा, किसानको जग्गा रोक्का !

रेलमार्ग निर्माणको परियोजनाबाट पछाडि नहट्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु : सभामुख घिमिरे

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५६ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी