सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच विस्तार गर्ने « Khabarhub

सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच विस्तार गर्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भने,’प्रेस स्वतन्त्रताको प्रवर्द्धन गरी पारदर्शिता र जबाफदेहितामा अभिवृद्धि गरिनेछ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।’

सरकारले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनतम प्रविधिको खोज, अनुसन्धान र विकास तथा प्रवर्द्धनमा जोड दिने भएको छ । अर्थमन्त्री पौडेलले भने, ‘डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जमा गरिने छ, डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिने छ, डिजिटल प्रविधिको निर्माण र इकोसिस्टम विकास गर्न रु ७४ करोड बजेट विनियोजन गरेको छु ।’

सरकारले डाटा सेन्टर निर्माण र सञ्चालन, पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदार गर्ने भएको छ । काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गर्ने सरकारको योजना छ । 

अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बताए  । डाटा सेन्टर स्थापनाका लागि स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत् र सुरक्षा उपलब्ध गराउने बजेटमा उल्लेख छ । सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति पनि भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५७ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय