सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने « Khabarhub

सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उच्च रक्तचाप मुटु, मधुमेह मिर्गौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगहरुको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने बताए ।

हरेक वर्षको फागुन महिनामा नसर्ने रोगको निशुल्क स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने बताउँदै आधारभूत स्वास्थ्य सेवा र आधारभुत अस्पतालबाट निशुल्क हुँदै आएका औषधीहरुको आपुर्ति सहज गरिने मन्त्री पौडेलको भनाइ छ ।

साथै वितरण गरिएका औषधिहरुको अभिलेख राख्ने र वेवसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइने र यसका लागि २ अर्ब ६ करोड रुपैयाँ बिनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन्

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ५७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर