देउवाको गृहजिल्लामा विमानस्थल, ओलीकोमा आधुनिक रंगशाला « Khabarhub

देउवाको गृहजिल्लामा विमानस्थल, ओलीकोमा आधुनिक रंगशाला


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको सरकारले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताद्वयका गृहजिल्लाहरूमा महत्वकांक्षी परियोजना अघि सारेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष (प्रधानमन्त्री) केपी शर्मा ओलीको गृहजिल्लामा क्रमशः विमानस्थल र अन्तर्राष्ट्रिस्तरको आधुनिक रंगशाला निर्माणको परियोजना अघि सारेका हुन् ।

संघीय संसद्का दुवै बैठकको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट प्रस्तुत गदै अर्थमन्त्री विष्णु पौडेलले देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरुमा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने बताए ।

‘तेह्रथुमको चुहान डाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने छ,’ अर्थमन्त्री पौडेलले भने ।

उनले प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने पनि बताए । अर्थमन्त्री पौडेलले काठमाडौंको मूलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाका लागि ४२ करोड विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५९ बजे

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन् – लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको