कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन « Khabarhub

कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्तामा वृद्धि गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत् राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्ता वृद्धि गरेर पाँच हजार पुर्याएको घोषणा गरेका हुन् ।

मन्त्री पौडेलले राज्यकोषमा परेको दबाबका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

तत्कालीन सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटबाट निजामती कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँको दरले वृद्धि गरेको थियो । साथै, कर्मचारीको तलबमानमा ग्रेड र प्राविधिक कर्मचारीको लागि गरिएको विशेष व्यवस्थाअनुसार थप ग्रेडको व्यवस्था गरेको थियो ।

सरकारले बढाएको कर्मचारीको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुन्छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०८ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि