कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन « Khabarhub

कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्तामा वृद्धि गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत् राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्ता वृद्धि गरेर पाँच हजार पुर्याएको घोषणा गरेका हुन् ।

मन्त्री पौडेलले राज्यकोषमा परेको दबाबका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

तत्कालीन सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटबाट निजामती कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँको दरले वृद्धि गरेको थियो । साथै, कर्मचारीको तलबमानमा ग्रेड र प्राविधिक कर्मचारीको लागि गरिएको विशेष व्यवस्थाअनुसार थप ग्रेडको व्यवस्था गरेको थियो ।

सरकारले बढाएको कर्मचारीको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुन्छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०८ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई