७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने « Khabarhub

७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ज्येष्ठ नागरिकहरुलाई दिँदै आएको वृद्धभत्ताको उमेर हद बढाएको छ । आगामी साउनदेखि ७० वर्ष पुगेका ज्येष्ठ नागरिकले मात्रै वृद्धभत्ता पाउने छन् । अहिलेसम्म ६८ वर्षमै वृद्ध भत्ता दिने गरिएको थियो ।

अर्थमन्त्री विष्णु पौडेलले विहीबार बजेट भाषण गर्दै अब ७० वर्ष पुगेपछि मात्र वृद्ध भत्ता पाइने व्यवस्था गरिएको जानकारी दिए।

यसअघि पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा बनेको उच्च स्तरीय समितिले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाइनुपर्ने सुझाव दिएको थियो ।

खनाल नेतृत्वको समितिको सुझावलाई ख्याल गर्दै ज्येष्ठ नागरिक भत्ताको उमेर ७० वर्ष बनाइएको अर्थमन्त्री पौडेलले बताए ।

वृद्धभत्ता वितरणको नीति ०५२ सालमा नेकपा एमालेको सरकारले ल्याएको अवधारणा हो । एमालेले यसलाई आफ्नो लोकप्रिय नीति बताउने गरेको छ ।

विगतको चुनावी घोषणापत्रमा एमालेले वृद्धभत्ता मासिक ५ हजारसम्म बनाइने प्रतिवद्धता जनाएको थियो । अहिले मासिक ४ हजार वृद्धभत्ता दिने गरिएको छ । तर, ६८/६९ वर्षको उमेर समूहले वृद्धभत्ता नपाउने नीति एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएको छ ।

एमालेले ल्याएको सामाजिक सुरक्षा भत्ताको नीतिलाई नेपाली कांग्रेसले भने वितरणमुखी भएको बताउने गरेको थियो । अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकारले वृद्धभत्ताको उमेर बढाएर कसिलो नीति अंगीकार गरेको छ ।

वृद्धभत्तामा धेरै रकम खर्च भएको भन्दै यसलाई घटाउनुपर्ने कांग्रेस नेताहरुले बताउँदै आएका थिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत् ६८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था ल्याएका थिए । त्यसअघि पनि ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता दिइँदै आएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०९ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।