अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट « Khabarhub

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलका अनुसार; आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) खर्च हुने अनुमान गरिएको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड ब्यहोर्ने सरकारको लक्ष्य छ । पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुटाउने अनुमान अर्थमन्त्रीले सुनाए ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद तीन खर्ब ६२ अर्ब रुपैयाा आन्तरिक ऋणबाट ब्यहोरिने अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : २० बजे

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार