अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट « Khabarhub

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलका अनुसार; आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) खर्च हुने अनुमान गरिएको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड ब्यहोर्ने सरकारको लक्ष्य छ । पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुटाउने अनुमान अर्थमन्त्रीले सुनाए ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा अपुग हुने खुद तीन खर्ब ६२ अर्ब रुपैयाा आन्तरिक ऋणबाट ब्यहोरिने अर्थमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ५ : २० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख