सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने « Khabarhub

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाको बचत अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने गरिने भएको छ ।

संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सहकारी संस्थाहरूको पुनः गठन, कडा नियमन र बचतकर्ताको सुरक्षा बढाउने योजना सार्वजनिक गरिएको हो ।

सरकारले सहकारी क्षेत्रमा व्यवस्थित सुधार गर्न आगामी आर्थिक वर्षको बजेटमा केही महत्त्वपूर्ण नीतिगत प्रावधानसमेत घोषणा गरेको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरूको वर्गीकरण, एकीकरण र संरचनात्मक सुधार गरिनेछ । पाँच लाख रुपैयाँसम्मको सहकारी बचतमा निक्षेप सुरक्षण गरिनेछ जसले गर्दा साना बचतकर्ताहरूको पुँजी सुरक्षित हुने जनाइएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी निगरानी गर्ने गरी योजना अघि बढाइएको छ ।

सहकारी ऋण असुलीका लागि विशेष न्यायाधिकरण स्थापना गरिनेछ । समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन गर्ने व्यक्तिहरूविरुद्ध कारबाही गरिने भएको छ ।

यस्ता कार्यक्रमले गर्दा सहकारी क्षेत्रमा पारदर्शिता बढ्ने र जनताको विश्वास पुनः स्थापित हुने अपेक्षा बजेट वक्तव्यमा उल्लेख छ । यस्ता व्यवस्थाले अर्थतन्त्रको अनौपचारिक क्षेत्रलाई सुदृढ बनाउने विश्वास सरकारको छ ।

सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी रोक्का गर्ने नीतिसमेत अघि सारेको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी र सम्पत्ति रोक्का गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि