राष्ट्रिय गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को बजेटमा आर्थिक गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको छ ।

बिहीबार सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरेका हुन् । यस अघि आव २०७९–८० को बजेटमा समेत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले यो व्यवस्था गरेका थिए ।

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आव २०७९–८० मा सरकारले राष्ट्रिय गौरवकै आयोजनाहरूबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरेको थियो ।

सोही आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं ३६९ मा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भए पनि ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ राष्ट्रिय गौरव बाहेकका अन्य ५१ आयोजनामा रकमान्तर गरिएको थियो ।

यस पटक पुनः अर्थमन्त्री पौडेलले गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १९ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको