उपलब्धिको उपभोग गर्न आवश्यक | Khabarhub Khabarhub

उपलब्धिको उपभोग गर्न आवश्यक


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– गणतान्त्रिक व्यवस्थाको उपभोग गरी यसको फाइदा लिन आवश्यक रहेको वक्ताहरूले बताएका छन् । आज भएको प्रजातान्त्रिक विचार समाज चितवनको २६औँ साधारणसभा एवं गणतन्त्र, संविधान र वर्तमान राजनीति विषयक वैचारिक कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् । 

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले देशमा गणतन्त्र आएपछि धेरै कुरामा विकास भएको बताएका छन् । उनले अहिले व्यवस्थाप्रति निराशाको भ्रम छरिएको भन्दै जनतामा निराशा चिरेर आशा जगाउनुपर्ने बताएका छन् । उनले गणतन्त्र आएपछि धेरै कुरामा उपलब्धि भएको र यसको संस्थागत गर्नका लागि सबै तहबाट लाग्नुपर्ने बताए ।
 
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले विचार समूहले दिएको विचार तथा सुझावको कार्यान्वयन नेतृत्व वर्गले गर्नुपर्ने बताए । उनले अहिलेको व्यवस्थाले नै सम्पूर्ण वर्गको हित गर्ने हुँदा अन्य व्यवस्था खोज्नु नपर्ने बताए । 

उनले लोकतन्त्र तथा गणतन्त्रको कमजोरीहरूको सुधार गरेर जानुपर्ने उल्लेख गरे । समयअनुसार समाजको आवश्यकता र अपेक्षा अनुरूप संविधानको संशोधन गरी हालको व्यवस्थालाई दिगो बनाउन पर्ने उनको भनाइ थियो ।  
 
समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिहं केसीले बौद्धिक वर्गहरूले प्रजातन्त्रको संरक्षण गर्दै गणतन्त्रलाई सशक्त बनाउन विचारलाई संस्थागत र सङ्गठित बनाएर लैजानुपर्ने बताए । उनले अहिलेको व्यवस्था खराब नभएको तर केही पात्रहरू सुध्रिन आवश्यक भएको औँल्याए ।
 
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अग्रजहरूको विचारको अभिलेखीकरण गर्नका लागि आफूहरूले थालनी गरेको बताए । उनले अग्रजहरूको बिचार र दृष्टिकोणलाई अभिलेखीकरण गरी नयाँ पुस्ताका लागि मार्गदर्शन गर्न आवश्यक रहेको उल्लेख गरे  ।  

कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद लौडारी,  सदस्य देवीप्रसाद कँडेल, पूर्वजिल्ला अध्यक्ष हरिराज पौडेल,  नेपाल शिक्षक महासङ्घ चितवन अध्यक्ष शिवराम अधिकारी, शैक्षिक व्यक्तित्व कृष्णप्रसाद न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए  ।-रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : २७ बजे

बेनीमा रातो च्याउको माग धान्न मुस्किल, उपभोक्ताले गर्छन खोसाखोस

म्याग्दी– बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग

आईसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने 

काठमाडौं– आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । 

भक्तपुरमा आगलागी, दुई लाख बराबरको धनमाल जलेर नष्ट

भक्तपुर– चाँगुनारायण नगरपालिका-८ सुडालस्थित दुलाल गाउँ बस्ने २७ वर्षीया रञ्जना घोरासैनीको गोठमा

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका

तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ– यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की