कञ्चनजङ्घा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित) « Khabarhub

कञ्चनजङ्घा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनजङ्घा हिमालको विषयलाई लिएर नेपाल र भारतबीच विवाद बढ्ने संकेत देखिएको छ । भारतीय आरोहण दलले विश्वको तेस्रो अग्लो हिमाल चढेपछि विवाद सतहमा आएको हो ।

नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित कञ्चनजङ्घा हिमाललाई भारतीय पक्षले भने सिक्किम राज्यमा पर्ने बताउँदै आएको छ । यो हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ ।

हालै भारतको अरुणाचल प्रदेशको राष्ट्रिय पर्वतारोहण तथा साहसिक खेलकुद प्रतिष्ठानका तर्फबाट कर्णेल रणवीर सिंह जम्वाल नेतृत्वको टोलीले कञ्चनजङ्घाको आरोहण गरेको थियो । ‘हर शिखर तिरङ्गा’ अभियानका क्रममा उनले नेपाली क्षेत्रबाट कञ्चनजङ्घा आरोहण गरेका थिए ।

सिक्किममा यसको चर्को विरोध भइरहेको छ । सिक्किममा बसोबास गर्ने लेप्चा र भुटिया समुदायले कञ्चनजङ्घालाई पवित्र हिमालको रुपमा लिन्छन् । सोही कारण ती समुदायले कसैले पनि आफ्नो पवित्र हिमाल आरोहण गरेको रुचाउँदैनन् ।

सिक्किमको भुटिया लेप्चा सर्वोच्च समितिले कञ्चनजङ्घा आरोहण गरेकोमा निन्दा गरेको छ । उक्त समितिले सिक्किमको साँस्कृतिक सम्पदाको संरक्षण गर्न समेत आह्वान गरेको छ ।

अहिले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस) गोलेले भारतको केन्द्र सरकारका गृहमन्त्री अमित शाहलाई पत्र लेखेका छन् । उनले पत्रमा नेपालबाट समेत कञ्चनजङ्घा आरोहणमा रोक लगाउन माग गरेका छन् ।

सिक्किमले आफ्नो सार्वभौमिकता दाबी गर्ने स्थानबाट कञ्चनजङ्घाको आरोहणमा सन् २००१ देखि रोक लगाएको छ । सन् १९९१ को प्रार्थानास्थल ऐन अनुसार सिक्किममा यस्तो व्यवस्था गरिएको हो ।

मुख्यमन्त्री तामाङले शाहलाई लेखेको पत्रमा कञ्चनजङ्घामा आरोहण रोक्न नेपाललाई दबाब दिन घुमाउरो शैलीमा आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सिक्किमे जनताको आस्था र साँस्कृतिक मूल्य विपरीत पवित्र हिमालमा आइन्दा कुनै आरोहण नगराउनका लागि यो विषय नेपाल सरकारसमक्ष पेश गर्न हामी माननीयलाई आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ३६ बजे

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

विद्यार्थी संगठन हटाउन क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

विराटनगर– कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका