लगानीकर्ता रौनियारको प्रतिक्रिया : बजेट सेयर बजारको लागि राम्रो « Khabarhub

लगानीकर्ता रौनियारको प्रतिक्रिया : बजेट सेयर बजारको लागि राम्रो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा दोस्रो शेयर बजारमा कारोबार गर्नेहरू उत्साहित देखिएका छन् । शेयर विश्लेषक छोटेलाल रौनियारले खबरहबसँग कुराकानी गर्दै बजेटको खुलेर स्वागत गरेका छन् ।

उनले दोस्रो बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने विषयको प्रक्रियामा लाग्नुपर्ने बताए । ‘एनआरएन नभित्राउने कहिले नभनेको हो र ? तर त्यसको लागि प्रक्रिया पूरा गर्नुपर्छ’, उनले भने, ‘उनीहरूले पुँजी लगानी गरेपछि नाफा लैजान पाउनु पर्छ, उनीहरूले नाफा लैजाँदा विदेशी मुद्रामा लैजाने हो, जुन राष्ट्र बैंकले गर्न दिँदैन ।’

त्यो विषयलाई मन्त्रिपरिषद्बाट पास गरेर कानून बनाएर केन्द्रीय बैंकलाई निर्देशन दिएपछि हुने रौनियारले बताए । साथै उनले सेयर बजारमा एनआरएनए भित्र्याउने कुरा रामो भएको भन्दै अर्थमन्त्रीले बजेटमा पुँजीगत लाभकरको विषयमा बोलेको भए थप राम्रो हुने प्रतिक्रिया दिए । बजेटले पुँजी बजारलाई बिगार्ने काम नगरेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ०८ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण