जापानले ‘टाइप ८८’ क्षेप्यास्त्र परीक्षण गर्ने « Khabarhub

जापानले ‘टाइप ८८’ क्षेप्यास्त्र परीक्षण गर्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले यस वर्षको सैन्य अभ्यासका क्रममा हालै विकास गरेको ‘टाइप ८८’ जमिनबाट समुद्रमा मार हान्ने क्षेप्यास्त्रको परीक्षण गर्ने भएको छ । जापानले यसै वर्षको जुन १९ देखि ३० सम्म होक्काइदो टापुको दक्षिणी तटीय क्षेत्रमा अभ्यास गर्न लागेको हो ।

उक्त अभ्यासका क्रममा जापानी प्रतिरक्षा बलको युद्धपोत प्रतिरोधी प्रणालीको प्रशिक्षण गरिने जापानी सञ्चार माध्यमले जनाएका छन् । जापानीको आशायी सिम्बुन अखबारले जनाएअनुसार जापानले आफ्नो भूमिबाट पहिलो पटक यस प्रकारको क्षेप्यास्त्र परीक्षण गर्न लागेको हो ।

यसअघि अमेरिका र अन्य विदेशी भूमिमा यस क्षेप्यास्त्रको परीक्षण भइसकेको जनाइएको छ । यस क्षेप्यास्त्रको मारक दूरी ६२ माइल रहेको जनाइएको छ ।

पूर्वी एशियामा चिनियाँ प्रभाव विस्तार भइरहेको अवस्थामा जापानले नयाँ क्षेप्यास्त्र परीक्षण गर्न लागेको हो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : २९ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि