पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य « Khabarhub

पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाउन सक्यो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिए । यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिए ।

यो खेलमा विजयी हुने टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले एलिमिनेटर खेल्ने छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ९ : १८ बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा