पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य « Khabarhub

पञ्जाबको खराब ब्याटिङ, फाइनल पुग्न आरसिबीलाई सामान्य लक्ष्य


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाउन सक्यो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिए । यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिए ।

यो खेलमा विजयी हुने टोली फाइनलमा पुग्ने छ भने पराजित हुने टोलीले एलिमिनेटर खेल्ने छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ९ : १८ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय