आईपीएल: पञ्जाबलाई हराउँदै आरसिबी नौ वर्षपछि फाइनलमा « Khabarhub

आईपीएल: पञ्जाबलाई हराउँदै आरसिबी नौ वर्षपछि फाइनलमा


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आजको भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई आठ विकेटले हराउँदै आरसिबी फाइनलमा प्रवेश गरेको हो ।

पञ्जाबले दिएको १०२ रनको लक्ष्य आरसिबीले १० ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि फिल साल्टले शानदार अर्धसतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

यस्तै मयंक अग्रवालले १९ र रजत पाटीदारले १५ रन बनाए । आरसिबीका बिराट कोहली १२ रनमा आउट भएका थिए ।पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले एक एक विकेट लिए ।

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा अल आउट हुनु अघि मात्र १०१ रन बनाएका थियो । आरसिबीका बलरविरुद्ध पञ्जाबका ब्याट्सम्यान कमजोर देखिए ।

पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, अज्मतुल्लाह ओमारजाईले १८ र प्रभसिमरन सिंह १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ आरसीबीका लागि जोश हेजलवुड र सुयश शर्माले तीन तीन विकेट लिए । यश दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक एक विकेट लिए ।

जितसँगै आरसिबी फाइनलमा प्रवेश गरेका थियो । पराजित भएको पञ्जाबले एलिमिनेटर खेल्ने छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १० : ३३ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज