इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि « Khabarhub

इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले इजरायलसँगको १२ दिने युद्धको क्रममा मारिएका ६० जनाको सामूहिक अन्त्येष्टि गरेको छ। सैन्य अधिकारी तथा आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि कार्यक्रम भएको हो।

तेहरानको उन्गेलाव चोकमा उपस्थित सर्वसाधारणले वैज्ञानिकप्रति समवेदना व्यक्त गरे। अमेरिका इरानको आणविक केन्द्रमा प्रहार गर्दै युद्धमा सरिक भएपछि गत साता सो युद्ध अन्त्य भएको हो। चोकमा राखिएको उनीहरूको शवमा राष्ट्रिय झन्डा अ‍ेढाइएको थियो।

कार्यक्रममा सरिक हुनका लागि सञ्चार माध्यम मार्फत खबर गरिएको थियो भने निःशुल्क बसको व्यवस्था गरिएको थियो। यसरी अन्त्येष्टि गरिएका मध्य इरानी सैन्य प्रमुख मोहम्मद बागेरी लगायत छन्।

इजरायल आक्रमणबाट ६२७ जना इरानी मारिएको समाचारमा जनाइएको छ। मारिने अन्य शीर्ष व्यक्तिमा इरानी आर्म रेभुलेसनरी गाड (आइएआरजी)का प्रमुख हुसेन सलामीको साथमा वैज्ञानिक मोहम्मद मृहद तेरान्ची लगायत छन्।

अन्त्येष्टि कार्यक्रममा इरानका प्रधानमन्त्री मसुद पजेस्कियन तथा सर्वोच्च नेता आयतुल्लाह खोमिनीका सल्लाहकार अलि सङ्खमणि उपस्थित थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ०० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ