इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि | Khabarhub Khabarhub

इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले इजरायलसँगको १२ दिने युद्धको क्रममा मारिएका ६० जनाको सामूहिक अन्त्येष्टि गरेको छ। सैन्य अधिकारी तथा आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि कार्यक्रम भएको हो।

तेहरानको उन्गेलाव चोकमा उपस्थित सर्वसाधारणले वैज्ञानिकप्रति समवेदना व्यक्त गरे। अमेरिका इरानको आणविक केन्द्रमा प्रहार गर्दै युद्धमा सरिक भएपछि गत साता सो युद्ध अन्त्य भएको हो। चोकमा राखिएको उनीहरूको शवमा राष्ट्रिय झन्डा अ‍ेढाइएको थियो।

कार्यक्रममा सरिक हुनका लागि सञ्चार माध्यम मार्फत खबर गरिएको थियो भने निःशुल्क बसको व्यवस्था गरिएको थियो। यसरी अन्त्येष्टि गरिएका मध्य इरानी सैन्य प्रमुख मोहम्मद बागेरी लगायत छन्।

इजरायल आक्रमणबाट ६२७ जना इरानी मारिएको समाचारमा जनाइएको छ। मारिने अन्य शीर्ष व्यक्तिमा इरानी आर्म रेभुलेसनरी गाड (आइएआरजी)का प्रमुख हुसेन सलामीको साथमा वैज्ञानिक मोहम्मद मृहद तेरान्ची लगायत छन्।

अन्त्येष्टि कार्यक्रममा इरानका प्रधानमन्त्री मसुद पजेस्कियन तथा सर्वोच्च नेता आयतुल्लाह खोमिनीका सल्लाहकार अलि सङ्खमणि उपस्थित थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ०० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित