एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल « Khabarhub

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। पहिलो खेलमा सिंगापुर र दोस्रोमा जापानलाई हराएको नेपालको चार अंक छ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। जवाफी ब्याटिङका क्रममा नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालको पहिलो जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकासहित ५५ रन बनाउँदा अर्का ब्याटर रौनक श्रीवास्तवले ४४ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाएका थिए।

दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा समेटेको थियो। जापानलाई सस्तैमा समेट्न नेपालका लागि शुभम् खनालले १० ओभर बलिङ गर्दै तीन मेडनको साथमा १५ रन दिएर पाँच विकेट लिएका थिए। जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गरेको थियो। जापानविरुद्ध नेपालको जितमा शिवांश बजगाईँले सर्वाधिक ३८ रन जोड्दा प्रसिद्ध जैसीले ३३ रन बनाएका थिए।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ३८ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२