पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक « Khabarhub

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार– २०८१’ का लागि १५ पुस्तकको विस्तृत सूची (लङलिस्ट) सार्वजनिक गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले  एक विज्ञप्ति जारी गर्दै २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट उत्कृष्ट १५ को सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अनुसार, पुरस्कारका लागि कुल २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएका थिए । पुरस्कार चयन समितिले ती कृतिहरूमध्येबाट पहिलो चरणमा १५ पुस्तक छानेको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, अब यही विस्तृत सूचीबाट आगामी महिना पाँच पुस्तकको संक्षिप्त सूची (सर्टलिस्ट) तयार पारिने छ । उक्त पाँचमध्ये एक कृतिलाई वर्षको उत्कृष्ट पुस्तक घोषणा गरिने छ ।

यस वर्षको सूचीमा उपन्यास विधाको बाहुल्यता देखिए पनि कथासङ्ग्रह, कविता, आख्यान, गैरआख्यान, नियात्रा र संस्मरणजस्ता विविध विधाका पुस्तकहरू पनि समेटिएका छन् ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण पुरस्कारका रूपमा स्थापित छ, जसले हरेक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको छ ।

विस्तृत सूचीमा परेका कृति र लेखकहरू
१. अर्हत (उपन्यास– शैलेन्द्र अधिकारी)
२. उरमाल (आख्यान– छुदेन काविमो)
३. एउटा मायी नगरमा (कथासंग्रह– रमेश क्षितिज)
४. छालबाटो (गैह्रआख्यान– रमेश भुसाल)
५. प्रणाम सगरमाथा (नियात्रा– भवानी खतिवडा)
६. प्रवासीको देश हुन्न (आख्यान– पंचम अधिकारी)
७. पानीको परेड (कविता– दिनेश अधिकारी)
८. बहुरूपी (कथासंग्रह– श्रेयज सुवेदी)
९. रुदाने (उपन्यास– टंक चौलागाईं)
१०. स्व (उपन्यास– सरस्वती प्रतीक्षा)
११. साँझमा सेल्की (कविता– हेम प्रभास)
१२. सार्वणि (उपन्यास– डा. श्रीधर खनाल)
१३. सिमसार (आख्यान– वसन्त बस्नेत)
१४. श्री ५ को सेवामा (संस्मरण– हेमन्त मिश्र)
१५. हिउँको गीत (उपन्यास– तीर्थ गुरुङ)

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १० : ३४ बजे

यी पाँच विषयमा थियो अमेरिकमा-इरान विवाद, मध्यपूर्वका नौ देशमा आक्रमण

तेहरान- इरानले शनिबारयता इजरायलसहित ९ देशलाई निशाना बनाएको छ ।

खामेनेईको मृत्यु भएपछि उनका छोरा सर्वोच्च नेता बन्न सक्ने

तेहरान – इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएपछि उनका

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि

हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल