एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य « Khabarhub

एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाएको छ ।

नेपालका प्रसिद्ध जैसीले सर्वाधिक १३२ रनको योगदान दिए । यस्तै, रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले ३९ तथा रोशन शाहीले १० रन जोडे ।

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरचड्डा, महेन्द्र पर्तामा, रियान रिजाले एक–एक विकेट लिए ।

यसअघिका दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ११ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर