कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला « Khabarhub

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । जसले गर्दा महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनको भनाइ छ ।

अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको गरे ।

फरक प्रसङ्गमा कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।’

रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामाभन्दा पनि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ५२ बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको