खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग | Khabarhub Khabarhub

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।
 
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका हुन् । 

नेविसंघको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि उनले अनुरोध गरेका छन् । 
 
‘प्राज्ञिक योग्यता, पारदर्शीता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबण्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अघि बढिरहेको स्पष्ट सङ्केत देखिन थालेको छ, यस्ता अभ्यासको नेविसंघ निन्दा गर्दछ, यस्ता बेथितिविरुद्ध विभिन्न अभियान सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ’, अध्यक्ष शेर्पाले आज जारी गरेको परिपत्रमा भनिएको छ । 
 
यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोध पत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उनले बताए।

यो अभियानमा अन्य सङ्गठन र स्वतन्त्र समूहसमेतलाई जोड्ने नीति पनि नेविसंघले लिएको जनाइएको छ ।
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : १५ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो