खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग « Khabarhub

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।
 
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका हुन् । 

नेविसंघको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि उनले अनुरोध गरेका छन् । 
 
‘प्राज्ञिक योग्यता, पारदर्शीता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबण्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अघि बढिरहेको स्पष्ट सङ्केत देखिन थालेको छ, यस्ता अभ्यासको नेविसंघ निन्दा गर्दछ, यस्ता बेथितिविरुद्ध विभिन्न अभियान सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ’, अध्यक्ष शेर्पाले आज जारी गरेको परिपत्रमा भनिएको छ । 
 
यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोध पत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उनले बताए।

यो अभियानमा अन्य सङ्गठन र स्वतन्त्र समूहसमेतलाई जोड्ने नीति पनि नेविसंघले लिएको जनाइएको छ ।
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : १५ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने