‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध’ « Khabarhub

‘आधुनिक खेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर– राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका किसानहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताएका हुन् । ‘उत्पादन मधेशमा, विस्तार देशमा’ भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उनले उल्लेख गरे ।

उनका अनुसार धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ । साथै माटोको उर्वरता सुधार, सिँचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए । 

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिँचाइ सुविधाको सहज पहुँचमा पुर्‍याउँदै किसानको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उनले उल्लेख गरे । 

‘राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा सङ्कल्प र प्रेरणा मिलोस्’, उनले  भने, ‘सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीप्रति सम्मानसहित शुभकामना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : ३७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष