काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान | Khabarhub Khabarhub

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । आफ्नो ६७औं वार्षिकोत्सव समारोहमा कार्यक्रममा विशेष अतिथि सार्वजनिक लेखा समितिका सभापतिले अध्यक्ष कान्छालाल तामाङलाई सम्मान पत्र प्रदान गरे ।

यसको अलावा प्रदेशगत रूपमा सबैभन्दा कम बेरुजु अङ्क कायम गर्न सफल ७ वटा स्थानीय सरकार (४ नगरपालिका र ३ गाउँपालिका) लाई समेत सम्मान गरिएको छ । 

यसरी सम्मानित हुनेमा कोशीबाट शोलुदुधकुण्ड नगरपालिका-सोलुखुम्बु, मधेशबाट इशनाथ नगरपालिका-रौतहट, बागमतीबाट मण्डन देउपुर नगरपालिका-काभ्रे, गण्डकीबाट अन्नपूर्ण गाउँपालिका-म्याग्दी, लुम्बिनीबाट पाणिनी गाउँपालिका अर्घाखाँची, कर्णालीबाट त्रिवेणी गाउँपालिका-सल्यान र सुदुरपश्चिमबाट पञ्चदेवल विनायक नगरपालिका-अछाम छन् ।

महालेखा परीक्षकको कार्यालयले पहिलो पटक स्थानीय सरकारलाई उत्कृष्टताको आधारमा सम्मान गर्न शुरु गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले स्थानीय सरकारमा लेखा समितिहरू क्रियाशील भई बेरुजु फर्स्यौटमा तदारुकता देखाउनु पर्ने तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बनाएर वित्तीय व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए। 

कार्यक्रमका अध्यक्ष महालेखा परीक्षक तोयम रायले यस वर्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपालको व्यवस्थापनमा २३ जिल्ला र ४ प्रदेश तहमा लेखा परीक्षण विविधीकरण कार्यक्रमको सहजीकरण गरिएको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १ : ४२ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो