कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्  ।

राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले किसानमैत्री योजना बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे ।

नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस विशेष महत्त्वपूर्ण रहेको बताउँदै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनले कृषि उत्पादनमा असर परिरहेका यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले भने, ‘प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको छ । पछिल्लो समयमा बसाइसराइ र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेकाले किसानलाई प्रोत्साहन गर्ने किसिमका योजना ल्याइएको हो ।’

मुख्यमन्त्री कार्कीद्वारा जारी सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।’ रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५१ बजे

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ

उत्तर कोरियाले पाँच हजार टनको विध्वंसक युद्धपोत बनाउने

सोल- उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरले दिए राजीनामा

नयाँ दिल्ली- भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन्