सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी « Khabarhub

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप प्रत्यारोप भएपछि घिमिरेले संसद्को आकस्मिक समयको दुरुपयोग गर्दै गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् । 

सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुन नसक्ने उनले बताए । घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे ।  

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए  । उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।  

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्याल र कांग्रेस सांसद खतिवडाबीच आरोप–प्रत्यारोप भएको थियो । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ४८ बजे

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला