सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी « Khabarhub

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने कांग्रेसको चेतावनी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप प्रत्यारोप भएपछि घिमिरेले संसद्को आकस्मिक समयको दुरुपयोग गर्दै गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् । 

सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसद्को मर्यादा कायम हुन नसक्ने उनले बताए । घिमिरेले संसद्को मर्यादाविपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट वञ्चित गर्नुपर्ने उल्लेख गरे ।  

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादित शब्द व्यक्त भएको भन्दै आपत्ति जनाए  । उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।  

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्याल र कांग्रेस सांसद खतिवडाबीच आरोप–प्रत्यारोप भएको थियो । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली