एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान | Khabarhub Khabarhub

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ ।

तेह्रथुमको मेन्छ्यायेम सेवा समाजको आयोजनामा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एआईजीपी खापुङलाई सम्मान गरिएको हो ।

उनले मेन्छ्यायेममा जन्मिएर हुर्की त्यहीँ माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका थिए । त्यसपछि उनी नेपाल प्रहरीकोअरिरिक्त महानिरीक्षक पदमा पुगेर गाउँलाई गौरवान्वित बनाउन सफल भएको भन्दै सम्मान गरिएको समाजका महासचिव केशव भट्टराईले बताए ।

सम्मान कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार, तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एक असल र क्षमतावान प्रहरी अधिकृतका रुपमा खापुङले समग्र जिल्लाको शिर उँचो बनाएको बताए ।

उनले खापुङलाई प्रहरी महानिरीक्षक बन्ने शुभकामना पनि दिए । समाजका अध्यक्ष डिल्लीराम ढुङ्गेलले एआईजीपी खापुङ तेह्रथुमको गौरव र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।

कार्यक्रममा एआईजीपी खापुङले आफ्नो जन्मभूमिका साथीहरूको सम्मान र हौसलाको विशेष अर्थ रहने बताए । यस्तै हौसला, प्रेरणा र स्वस्थ आलोचनाले आफूलाई अघि बढ्न मार्गदर्शन गर्ने उनले बताए ।

यस्तै मेन्छ्यायम गाउँपालिकामै जन्मिएका प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले पनि एआईजीपी खापुङलाई हार्दिक बधाइ दिँदै आफ्ना लागि सधैँ प्रेरणाको पात्र रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५० बजे

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द

नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको