एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान « Khabarhub

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ ।

तेह्रथुमको मेन्छ्यायेम सेवा समाजको आयोजनामा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एआईजीपी खापुङलाई सम्मान गरिएको हो ।

उनले मेन्छ्यायेममा जन्मिएर हुर्की त्यहीँ माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका थिए । त्यसपछि उनी नेपाल प्रहरीकोअरिरिक्त महानिरीक्षक पदमा पुगेर गाउँलाई गौरवान्वित बनाउन सफल भएको भन्दै सम्मान गरिएको समाजका महासचिव केशव भट्टराईले बताए ।

सम्मान कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार, तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एक असल र क्षमतावान प्रहरी अधिकृतका रुपमा खापुङले समग्र जिल्लाको शिर उँचो बनाएको बताए ।

उनले खापुङलाई प्रहरी महानिरीक्षक बन्ने शुभकामना पनि दिए । समाजका अध्यक्ष डिल्लीराम ढुङ्गेलले एआईजीपी खापुङ तेह्रथुमको गौरव र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए ।

कार्यक्रममा एआईजीपी खापुङले आफ्नो जन्मभूमिका साथीहरूको सम्मान र हौसलाको विशेष अर्थ रहने बताए । यस्तै हौसला, प्रेरणा र स्वस्थ आलोचनाले आफूलाई अघि बढ्न मार्गदर्शन गर्ने उनले बताए ।

यस्तै मेन्छ्यायम गाउँपालिकामै जन्मिएका प्रहरी वरिष्ठ उपरीक्षक अभिनारायण काफ्लेले पनि एआईजीपी खापुङलाई हार्दिक बधाइ दिँदै आफ्ना लागि सधैँ प्रेरणाको पात्र रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५० बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू