वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध | Khabarhub Khabarhub

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रूपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ । 

आज बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरङ्गे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । 

ठूला सवारीसाधनलाई दुम्कीबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो । बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ । पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ । भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ । उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । 

पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ । उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानीपर्ने बित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ । रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५५ बजे

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

काठमाडौं– नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत