प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने « Khabarhub

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरी सम्बन्धी कानुन पुरानो भएकाले नयाँ संसद्को यसै अधिवेशनबाटै पारित हुने गरि अघि बढाउन आग्रह गरे ।

प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीका रुपमा बुझ्दै आएकोमा अब शब्द परिवर्तन गरि आधारभूत तह भन्ने प्रस्ताव गरिएको उनले बताए । उनले प्रहरी संगठनको जग उनीहरू नै भएकाले आधारभूत तह भन्न खोजिएको बताए ।

गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरुको सेवा सुविधालाई पनि विशेष केन्द्रमा राखेर ऐन ल्याइएको जानकारी दिए ।

बैठकमा संशोधनकर्ता सांसदहरूले प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, सरुवा बढुवालाई प्रक्रियागत ढंगले अघि बढाउनुपर्ने बताए ।

मनोबल उच्च हुने गरि क्षमता अभिवृद्धि गर्नुपर्ने लगायतका सुझाव बैठकमा सांसदहरूले दिएका थिए । उक्त विधेयकमाथि सांसदहरूले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : २९ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका