प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने « Khabarhub

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरी सम्बन्धी कानुन पुरानो भएकाले नयाँ संसद्को यसै अधिवेशनबाटै पारित हुने गरि अघि बढाउन आग्रह गरे ।

प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीका रुपमा बुझ्दै आएकोमा अब शब्द परिवर्तन गरि आधारभूत तह भन्ने प्रस्ताव गरिएको उनले बताए । उनले प्रहरी संगठनको जग उनीहरू नै भएकाले आधारभूत तह भन्न खोजिएको बताए ।

गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरुको सेवा सुविधालाई पनि विशेष केन्द्रमा राखेर ऐन ल्याइएको जानकारी दिए ।

बैठकमा संशोधनकर्ता सांसदहरूले प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, सरुवा बढुवालाई प्रक्रियागत ढंगले अघि बढाउनुपर्ने बताए ।

मनोबल उच्च हुने गरि क्षमता अभिवृद्धि गर्नुपर्ने लगायतका सुझाव बैठकमा सांसदहरूले दिएका थिए । उक्त विधेयकमाथि सांसदहरूले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : २९ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय