भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही « Khabarhub

भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बनाउनुपर्ने बताएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल नै जोडिए पनि कारबाही गर्नुपर्ने शाहीले बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा रुपमा अगाडि लैजानुपर्ने बताए।

‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसद्‍मा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले के भन्छन्?,’ उनले भने, ‘आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीलाई बन्धक बनाइएको छ। ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ।’

उनले ती पीडित नेपालीहरूको चित्कार सरकारले सुन्नुपर्ने बताए । ‘भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबारही गर्नुपर्छ कि पर्दैन?’, उनले सोधे, ‘त्यसकारण सबैजना एकै ठाउँ उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऊँ।’

उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४४ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना