नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो  « Khabarhub

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.०२ प्रतिशतले बढेको छ । 

दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ । 
आइतबार १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन । 

दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको छ । 

आइतबार उत्पादन तथा प्रशोधन बाहेक १२ वटै समूह बढेको छ । बजार बन्द हुँदा सबैभन्दा बढी बैंकिङ समूह २ प्रतिशतले बढेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ५१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको