सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा « Khabarhub

सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई जोगाउन खोजिएझैँ भिजिट भिसा प्रकरणलाई सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । 

पार्टीको भातृ संगठन राष्ट्रिय किसान संगठन नेपालद्वारा आइतबार असार १५ धान दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्ता भ्रष्टाचारका काण्डको छानबिन र दोषीलाई कानुनको कठघरामा उभ्याउन जनताले बाध्य बनाउने बताए । 

थापाले नेपाललाई कृषि प्रधान देश भनिए पनि धान रोप्ने दिनको आधा समय बितिसक्दा पनि किसानले पर्याप्त रासायनिक मल नपाएको बताए ।  

किसान, मजदुर ,युवाहरूको पक्षमा सरकारले आशालाग्दो काम गर्न नसकेको उनले बताए । भ्रष्टाचार र ब्रह्मलुटमा सरकार लिप्त भएको थापाले उल्लेख गरे ।

जनताको सशक्त दबाबमा गिरिबन्धु टी स्टेट जग्गा, वाइडबडी जहाज खरिद, यती-ओम्नी काण्ड, माओवादी नक्कली लडाकु घोटाला लगायत भ्रष्टाचारका फाइल खोलिने र दोषीले उन्मुक्ति नपाउनेसमेत उनले दाबी गरे ।

२०८४ को निर्वाचनमा जनताले कांग्रेस, एमाले र माओवादीलाई कुनै हालतमा मत नदिने मनस्थिति बनाइसकेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको बताए । 

राप्रपा नेपालले आफ्नो एजेन्डाबारे जनतालाई राम्रोसँग बोध गराई विकल्पका रूपमा प्रस्तुत गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षहरू डाक्टर विष्णु भण्डारी , तेजकुमार कुरुङ्वाङ, महामन्त्री इन्द्र चित्रकार , किसान संगठनका अध्यक्ष डम्बर प्रसाद शिवाकोटी, ज्ञानेश्वर उपाध्याय लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : १६ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको