प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत  « Khabarhub

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
  
धान दिवसका अवसरमा विश्व विनायक महिला कृषक समूह र राष्ट्रिय महिला किसान महासंघले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानको उत्पादनलाई प्रोत्साहन गर्दै उनीहरूलाई सरकारले अनुदान दिनुपर्ने बताएका हुन् ।

विषादीका कारण मानव स्वास्थ्यलाई समेत असर पर्ने भएकाले अर्ग्यानिक प्राङ्गारिक उत्पादनको माग संसारभर रहेको उनले बताए । उनले धान दिवसको एक दिन मात्रै नभई सधैँ किसानहरू एक भएर स्थानीय उत्पादनमा क्रियाशील हुनुपर्ने धारणा राखे । 

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालेले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिएको बताए । उनले विषादी प्रयोग नगरी रैथानी उत्पादनलाई जोड दिन सके उत्पादन बढ्ने र मानव स्वास्थ्यलाई पनि फाइदा पुग्ने धारणा राखे ।  

उनले असार १५ गते दही चिउरा खाने प्रचलन वैज्ञानिक हिसाबले समेत मानव स्वास्थ्यका लागि हितकर रहेको बताए । कार्यक्रममा कांग्रेस प्रवक्ता महतले किसानहरूलाई धानको बिउ प्रदान गरी रोपाई कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : १४ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल