एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री « Khabarhub

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ : प्रधानमन्त्री


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताए । उनले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताए । 

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिए  । उनले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताए । 

‘गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो । परिमाण हेर्दा अनुत्तीर्ण हुनेमा प्रायः जसो दुर्गम क्षेत्रका विद्यार्थी रहेका पायौँ । हुन त चुनौती थुप्रै थिए । समय थोरै थियो । गाउँगाउँका विद्यार्थीसँग पुग्नु थियो,’ प्रधानमन्त्री ओलीले श्रव्यदृश्य सन्देशमा भने, ‘कसैगरी हरविद्यार्थीसँग उत्कृष्ट शिक्षा सामग्रीसहित हौसला पुर्‍याउनु थियो तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन । त्यसैले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिए । र सुधारका लागि सम्पूर्ण विकल्पहरू अपनायौँ ।’

एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँगाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताए । उनले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षक शिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिए  ।

‘इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था गर्‍यो । म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए । जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,’ प्रधानमन्त्री ओलीले भने,  ‘तर हाम्रो यी सारा प्रयास हुँदाहुँदै पनि यदि विद्यार्थीको मिहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन ।’

प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नसमेत आग्रह गरे । उनले श्रव्यदृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गरे। 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ४३ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,