लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता « Khabarhub

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले २–० को अग्रता लिएको छ ।

उज्वेकिस्तानको पख्तखोर स्टेडियममा जारी खेलमा नेपालका लागि अनिता बस्नेत र कप्तान सावित्रा भण्डाारी साम्बाले गोल गरेका हुन् ।

खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो । त्यस्तै रश्मीकुमारी घिसिङको पासमा कप्तान साम्बाले हेडर मार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी हुन् ।

आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : १८ बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र