रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध ! « Khabarhub

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार नेपालबारे नेतृ रामकुमार झाँक्री शनिबार तिखो टिप्पणी गरेपछि नेकपा एकीकृत समाजवादीमा खैलाबैला भएको छ ।

रामकुमारीले बुटवलमा आयोजित युवा संघ लुम्बिनी प्रदेशको कार्यक्रममा शनिबार अध्यक्ष माधवकुमार नेपालबारे कडा र तिखो अभिव्यक्ति दिएकी थिइन् ।

रामकुमारीको उक्त उत्तेजक अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आइतबार परिपत्र नै गरेर अध्यक्ष नेपालविरुद्ध कुनै किसिमको टिप्पणी नगर्न निर्देशन दिएका हुन् ।

भुसालले जारी गरेको उक्त एक पृष्ठको सर्कुलरमा अध्यक्ष नेपालविरुद्ध कुनै पनि किसिमको टिप्पणी नगर्न भनिएको छ । उनले लिखित निर्देशन नै जारी गरेर अध्यक्ष नेपालविरुद्ध नबोल्न कार्यकर्ताहरूलाई आइतबार निर्देशन दिएका हुन् ।

भुसालले उक्त लिखित सर्कुलरमा नेपालविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा यसअघि नै पार्टीले औपचारिक धारणा ल्याइसकेकाले त्यससँग बाझिने गरि कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिन भनेका छन् । भुसालले पार्टीको विचारसँग बाझिने गरि सार्वजनिक रूपमा नबोल्न र नलेख्न नेता-कार्यकर्ताहरूलाई लिखित निर्देशन दिएका हुन् ।

‘पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा जेठ २२ गते विज्ञप्तिमार्फत् पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ । यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ’, उनले पत्रमा भनेका छन्, ’तसर्थ, पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपमा नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।’

महासचिव भुसालले पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख पनि चेतावनी दिएका छन् । ‘कुनै पनि बहानामा सार्वजनिक वाद-प्रतिवादमा नउत्रिनसमेत पार्टी संगठन सबैलाई आग्रह गर्दछ’, उनले भनेका छन् ।

झाँक्रीले शनिबार युवा संघको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् । उनले अब अर्ली महाधिवेनमार्फत् नयाँ नेतृत्व ल्याउनुपर्ने पनि बताएकी थिइन् ।

‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो’, उनले भनेकी थिइन्, ‘कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

उनले यदि काँधमा मरेको सिनो हालेर हिँडिरहने हो भने पार्टी धेरै छिटो विघटन हुने बताएकी थिइन् ।

‘काँधमा मरेको सिनो हालेर हिँड्न सकिदैन, नत्र यो पार्टी धेरै छिटो विघटन हुन्छ’, उनले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष नेपालतिर लक्षित गर्दै भनिन्, ‘यही नाममा यो जञ्जालभित्र हाल्ने हो भने हामीले यो दु:ख पनि नगरौँ । यस्तै संकटहरूबाट हामी उठनुपर्छ तपाईं-हामी सबैलाई थाहा छ । अध्यक्षकैबारे संकट आएको छ । अब के गर्ने त हामीले, पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने होइन । अर्ली महाधिवेशन गरेर पार्टी पुनर्गठन गरौँ ।’

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ३७ बजे

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव