नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल « Khabarhub

नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक जीवन लुइँटेलले नेपाली फिल्मसँग दूरी बढाएको दशक पुग्न लागेको छ । भटाभट फिल्म साइन गरिरहेकै बेला जीवन अमेरिका भासिएका थिए ।

२०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘ठूली’पछि जीवनको अमेरिका आउजाउ बाक्लिएको थियो । उनी अमेरिकामै पूर्णकालीन बसेको ८ वर्षभन्दा बढी भयो ।

अमेरिका गएपछि सामाजिक सञ्जालमा पनि जीवनको सक्रियता कम नै छ ।

अब भने जीवनले अभिनयमा ‘कमब्याक’ गर्ने सोच बनाएका छन् । साहित्यकार पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’बाट अभिनयमा कमब्याक गर्न लागेका छन् ।

यो नाटक साउन १ देखि कान्तिपुर थिएटरमा मञ्चन हुने बताइएको छ । जीवनले यस नाटकमा ‘सुयोगवीर’को भूमिका निर्वाह गर्ने बताइएको छ ।

जीवनको यो पहिलो डेब्यू नाटक हो । कान्तिपुर थिएटरका अनुसार यो नाटकका लागि जीवन यसै साता नेपाल आउँदैछन् ।

‘शिरीषको फूल’ कान्तिपुर थिएटरको दोस्रो नाटक हो । पहिलो नाटक ‘मिरा’बाट नायिका रेखा थापाले रङ्गमञ्चमा डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ५४ बजे

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

‘जेनजी’को नाममा भएको हिंसालाई जायज ठहर्‍याउने प्रयास खतरनाक : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा