नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल « Khabarhub

नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक जीवन लुइँटेलले नेपाली फिल्मसँग दूरी बढाएको दशक पुग्न लागेको छ । भटाभट फिल्म साइन गरिरहेकै बेला जीवन अमेरिका भासिएका थिए ।

२०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘ठूली’पछि जीवनको अमेरिका आउजाउ बाक्लिएको थियो । उनी अमेरिकामै पूर्णकालीन बसेको ८ वर्षभन्दा बढी भयो ।

अमेरिका गएपछि सामाजिक सञ्जालमा पनि जीवनको सक्रियता कम नै छ ।

अब भने जीवनले अभिनयमा ‘कमब्याक’ गर्ने सोच बनाएका छन् । साहित्यकार पारिजातको उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’बाट अभिनयमा कमब्याक गर्न लागेका छन् ।

यो नाटक साउन १ देखि कान्तिपुर थिएटरमा मञ्चन हुने बताइएको छ । जीवनले यस नाटकमा ‘सुयोगवीर’को भूमिका निर्वाह गर्ने बताइएको छ ।

जीवनको यो पहिलो डेब्यू नाटक हो । कान्तिपुर थिएटरका अनुसार यो नाटकका लागि जीवन यसै साता नेपाल आउँदैछन् ।

‘शिरीषको फूल’ कान्तिपुर थिएटरको दोस्रो नाटक हो । पहिलो नाटक ‘मिरा’बाट नायिका रेखा थापाले रङ्गमञ्चमा डेब्यू गरेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको