किसानको रोजाइमा उन्नत जातका बीउ, रैथाने धान लोप हुँदै « Khabarhub

किसानको रोजाइमा उन्नत जातका बीउ, रैथाने धान लोप हुँदै


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– असार पन्ध्र राष्ट्रिय धान दिवस । दोलखा धान उत्पादन तथा खेतीको हिसाबले मध्यम जिल्ला हो ।
जिल्लाको अधिकांश तल्लो क्षेत्रमा मुख्य बालीको रूपमा कृषकले धान लगाउने गर्छन् । पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।

अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली,पोख्रेली, अट्टटे, रामसली, खुमल दशलगायतको धान रोप्ने गर्दथे । पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर अहिले उन्नत जातका धान लगाउन थालेका छन् ।

जिल्लाका ९ वटै पालिकाका किसानहरू हिजोआज पुरानो रैथाने जात छाडेर धेरै उत्पादनको आशमा हाइब्रिड जात अन्तर्गतको जिटी, शंकर, एच.क्यु, सुपर चाइनिज लगायतको रैथाने धान रोप्ने गरेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले बताए ।

पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको उनले सुनाए। 

अर्का स्थानीय किसान कुमार घिमिरेले पनि केही वर्ष अघिसम्म यहाँका किसानले रैथाने  धान खेती गर्ने गरेको भएपनि अहिले प्राय सबै किसान रैथाने धान तर्फ आकर्षित बनेको उनले सुनाए।

पोख्रेली धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो । वैतेश्वरका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो ।

अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर  लगाउँछन्, वैतेश्वरका निम्कोट, लप्से, वैंती, गोपि, मार्वु, काब्रे लगायतका खेतना अल्को पराल, लामालामा बालाको रामसलि, अट्टटे, मार्सि लगायत जातको धान देखिन्थ्यो ।

तर अहिले यी सबै खेतमा पुरानो जातको रैथाने बिउ देख्नै छाडेको कृषकहरू बताउँछन् ।

दोलखामा हालसम्म २८ प्रतिशत रोपाइँ सम्पन्न 

कृषि विकास कार्यालय रामेछापको तथ्यांक अनुसार हालसम्म जिल्लामा २८ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको जनाएको छ।
कार्यालयले दोलखामा दुई हजार आठ सय १४ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ।जिल्लाको भीमेश्वर नगरपालिकामा ३८ प्रतिशत रोपाइँ सकिएको छ। त्यसैगरी जिरी नगरपालिकामा-४० प्रतिशत,वैतेश्वरमा-३५,मेलुङमा -३९ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख डम्बर दाहालले बताए ।

त्यसैगरी विगु गाउँपालिकामा-४२ प्रतिशत,कालिञ्चाेकमा ४० र गौरीशंकर गाउँपालिकामा ४१ प्रतिशत रोपाइँ सकिएको निमित्त कार्यालय प्रमुख दाहालले बताए । सुवास बस्नेत/ दोलखा

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ०७ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,