बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने « Khabarhub

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान १० बजे हेटौँडामा बस्नेछ ।

बैठकमा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

लामालाई दलको नेताबाट हटाउन गत शुक्रबार २१ जना प्रदेश सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

बागमती प्रदेशमा कांग्रेसका ३७ जना सांसद छन् । दलको नेता परिवर्तन गर्नका लागि १९ मत आवश्यक पर्दछ ।

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री लामाले विधानअनुसार बहुमत सदस्यको समर्थन रहेको सिद्ध गर्नुपर्नेछ ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

बानियाँले मुख्यमन्त्री लामाविरुद्ध प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रदेश सरकारमा कांग्रेसबाट सहभागीमध्ये चार मन्त्रीले राजीनामा दिएका थिए । १४ वटा मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्री पाएको थियो ।

जनतामाझ कांग्रेसको छवि दिन–प्रतिदिन कमजोर बन्दै गएको र सरकारका काम–कारबाहीका कारण प्रदेशप्रति नै जनआक्रोश बढेकाले कांग्रेसको छवि सुधार्नु प्रमुख आवश्यकता देखिएको अविश्वास प्रस्तावमा भनिएको छ ।

उक्त कार्य वर्तमान संसदीय दलका नेताको नेतृत्वमा सम्भव नभएकोले संसदीय दलको नेतृत्व परिवर्तनको विकल्प नरहेको निश्कर्ष बानियाँ पक्षका प्रदेशसभा सदस्यहरूको छ ।

मुख्यमन्त्री लामाले राजीनामा नदिए मतविभाजनबाट संसदीय दलको नेताको छिनोफानो हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ८ : २८ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको