ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण « Khabarhub

ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा राज्यको सार्वजनिक ऋण दुई खर्ब बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनको सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख सार्वजनिक ऋण गत आवको असार मसान्तसम्म २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षको अवधिमा दुई खर्ब ३१ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सार्वजनिक ऋण बढेर कुल गार्हस्थ्य उत्पादनको आधारमा ४३.७१ प्रतिशत पुगेको छ ।

गत आवको एक वर्ष अवधिमा सरकारको आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२.१४ प्रतिशत पुगेको छ । त्यस्तै, बाह्य ऋणतर्फ १४ खर्ब १ अर्ब ३५ करोड २८ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४.५६ प्रतिशत छ ।

सरकारले गत आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, गत आवको असार मसान्तसम्म ४ खर्ब ५५ अर्ब ३९ करोड ६ लाख रुपैयाँ मात्र परिचालन गर्न सफल भएको थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण परिचालन गरेको थियो । जबकी गत आवमा सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।

सरकारले गत आवमा ३ खर्ब ६२ अर्ब ५९ करोड ऋण भुक्तानी गरेको छ । सो आवमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : २८ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित